बर्दियामा आइतबार देखि निषेधाज्ञा जारी

बर्दिया । जिल्ला प्रशासन कार्यालय बर्दियाले साउन २५ गते आइतबार देखि साउन २९ गते विहिबारसम्म ५ दिन निषेधाज्ञा गर्ने निर्णय गरिएको जनाएको छ ।
कोरोना संक्रमण समुदायस्तरमै केही व्यक्तीमा देखिएको र समुदायस्तमै थप संक्रमण फैलिदैँ जान सक्ने खतराभन्दै नियन्त्रण गर्नका लागि बर्दियामा आइतबारदेखि निषेधाज्ञा गर्ने निर्णय गरिएको कोरोना संकट व्यवस्थापन समिति बर्दियाका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताउनु भएको छ ।
छिमेकी जिल्ला बाँकेमा कोरोना संक्रमित समुदायस्तरमा बढ्न थालेपछि बर्दियामा पनी जिल्ला समन्वय समिति ,८ पालिका प्रमुख, स्वास्थ्य प्रमुख, तथा सुरक्षा निकायका प्रमुख सहितको उपस्थितीमा भएको छलफलबाट निषेधाज्ञा गर्ने निर्णय गरिएको अधिकारीले बताउनुभयो ।
अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र निस्कनै परेमा मास्कको अनिवार्य प्रयोग गर्न पनि सर्वसाधारणलाई बर्दिया प्रशासनले अनुरोध गरेको छ भने निषेधाज्ञाको अवधिमा अति आवस्यक स्वास्थ्य सुरक्षा, विद्युत्, दूरसञ्चार, खानेपानी, फोहरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधि पसल तथा तरकारी र खाद्यान्न आपूर्ति सेवा सञ्चालन गर्न पाइने जनाइर्एको छ ।








प्रतिक्रिया राख्नुहोस्