तपाईँ सुन्दै हुनुहुन्छः

वी.पी प्रतिष्ठानमा १ जना कोरोना संक्रमितको मृत्यु

सुनसरी । सुनसरीको धरान स्थित वी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १ जना कोरोना संक्र्रमितको मृत्यु भएको छ ।

सिराहाको गोलबजार १२ का २५ वर्षीय युवाको गए राती १०ः४५ बजे मृत्यु भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले बताउनुभयो ।
जनकपुरबाट रिफर भई आउनुभएका उहाँ मिर्गौलाको बिरामी हुनुहुन्थ्यो । हप्तामा दुई तीनपटक डाइलाइसिस गराउनुपर्ने उहाँकोे डाइलाइसिस गर्ने क्रममा मृत्यु भएको हो ।

मृतकको शव पठाउनको लागि अहिले आवश्यक समन्वय भइरहेको प्रतिष्ठानले बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button