सुनको मूल्य, तोलाकै १ लाख ३ हजार ५ सय

काठमाडौं । सुनको मूल्य शुक्रबार पनि बढेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोलामा एक हजार रुपैयाँले बढेर एक लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो । यसअघि बिहिबार सुन एक लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदी प्रतितोलामा ६० रुपैयाँले बढेर एक हजार ४ सय ५ रुपैयाँमा कारोबार भैरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्