तपाईँ सुन्दै हुनुहुन्छः

जरायोको सिङसहित एक जना पक्राउ

बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट गस्तीमा रहेको टोलीले जरायोको सिङसहित एक जनालाई पक्राउ गरेको छ ।
गुलरिया नगरपालिका वडा नं।९ डब्बा गाउँ बस्ने ३१ वर्षीय बाबुराम लोधलाई जरायोको सिङसहित बुधवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
भे १ प २८८४ नं।को मोटर साइकलमा जरायोको सिङ राखी लैजाँदै गरेको अवस्थामा उनलाई सीमा प्रहरी चौकी मथुरा बर्दियाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक योगेन्द्र कुमार खड्काले बताउनु भएको छ ।
लोधलाई आवश्यक कारवाहीको लागि जिल्ला वन कार्यालय गुलरिया पठाइएको खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button