तपाईँ सुन्दै हुनुहुन्छः

पूर्वमन्त्री बस्नेतलाई पितृशोक

सिन्धुपाल्चोक-नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतलाई पितृशोक परेको छ । उहाँका पिता खड्गबहादुर बस्नेतको ८४ वर्षको उमेरमा गए राति त्रिविवि शिक्षण अस्पताल,मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा निधन भएको हो । उहाँ लामो समयदेखि प्यारालाइसिसबाट पीडित हुनुहुन्थ्यो ।

उहाँको शव आजै गृहजिल्ला बाह्रबिसे ल्याइ र दाहसंस्कार गरिने काँग्रेसका स्थानीय नेता युधिर पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button