रुपन्देहीमा राष्ट्रिय परिचय–पत्र बितरण सुरु

भैरहवा । रुपन्देही जिल्लामा राष्ट्रिय परिचय पत्र बितरणको काम सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुखबाट तथ्यांक संकलनको सुरुवात भएको छ ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख हरि प्रसाद अधिकारीबाट तथ्यांक संकलनका लागि प्रक्रिया सुरुवात गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताउनुभयो ।
रुपन्देही जिल्लामा पहिलोपटक सुरुवात गरिएको परिचय पत्र नगर प्रमुख हरि अधिकारीको पहिलो परिचय पत्र नं भएको छ । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ मा स्थायी निवासी नगर प्रमुख अधिकारीको परिचय पत्र नम्बर ०६९–०३०–१३४–६ भएको छ ।
राष्ट्रिय परिचय–पत्र बितरणका लागि नेपाली नागरिकता प्राप्त ब्यक्तिको विवरण दर्ता तथा राष्ट्रिय परिचय–पत्र बितरण सम्बन्धी कार्य बिधि, २०७५ अनुसार जिल्ला प्रशासन कार्यालय रुपन्देहीले परिचय–पत्रका तथ्यांक संकलन सुरुवात गरेको जनाएको छ ।
आगामी ४ वर्ष भित्रमा सबै नागरिकहरुलाई बितरण गर्ने घोषणा गरिए अनुसार ७५÷७६ सालमा पाँचथर जिल्ला र सिंहदरबारका कर्मचारीहरुलाई बितरण गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ । त्यसैगरि दोश्रो चरणमा १५ वटा जिल्लामा बितरण गरिएकोमा यस आर्थिक वर्षमा बाँकि सबै जिल्लामा राष्ट्रिय परिचय–पत्र बितरणको काम सुरुवात गरिएको छ ।
राष्ट्रिय परिचय बितरण गर्नुको मुख्य उद्धेश्य ब्यक्तिको बैयक्तिक पहिचानका लागि छुट्टा छुट्टै परिचय नम्बर प्रदान गर्ने, जैविक पहिचान सहितको बहुउपयोगि राष्ट्रिय परिचयपत्र तयार गरि बितरण गर्ने, नेपालमा बस्ने सबै ब्यक्तिका बिवरण राष्ट्रिय परिचयपत्र तयार गरि बितरण गर्ने, जनतालाई प्रदान गर्ने सेवा सुबिधा एकिकृत प्रणाली मार्फत एउटै परिचयपत्रबाट प्राप्त हुने प्राबधान सहितको प्रणाली बिकास गर्ने गरि यस आर्थिक वर्षमा १ करोड डाटा संकलन गर्ने नेपाल सरकारले लक्ष्य लिएको प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए ।








प्रतिक्रिया राख्नुहोस्