जरायोको सिङसहित एक जना पक्राउ
बर्दिया । जिल्ला प्रहरी कायायलय बर्दियाबाट गस्तीमा रहेको टोलीले जरायोको सिङसहित एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला बर्दिया गुलरिया नगरपालिका वडा नं.९ डब्बा गाउँ बस्ने ३१ वर्षीय बाबुराम लोधलाई जरायोको सिङसहित बुधवार पक्राउ गरेको जिल्ला प्रहरी कायायलय बर्दियाले जनाएको छ ।
लोधले भे१प २८८४ नं.को मोटरसाइकलमा वन्यजन्तु जरायोको सिङ राखी लैजाँदै गरेको अवस्थामा सीमा प्रहरी चौकी मथुरा बर्दियाबाट खटिएको प्रहरी टोलीले फेला पारेको प्रहरी नायव उपरीक्षक योगेन्द्र कुमार खड्काले बताउनु भएको छ ।
उक्त जरायोको सिङ, मोटरसाइकल र बाबुराम लोधलाई समेत पक्राउ गरी आवश्यक कारबाहीको लागि जिल्ला वन कार्यालय गुलरिया बर्दिया पठाइएको खड्काले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्