तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश ५ मा प्रादेशिक प्रतिष्ठान आदेश–२०७७ स्वीकृत

रुपन्देही  । प्रदेश ५ सरकारले प्रादेशिक प्रतिष्ठान (गठन तथा कार्य सञ्चालन) आदेश–२०७७ स्वीकृत गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रस्ताव गरेको गठन आदेश आज बिहीबार बसेको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको हो ।

प्रतिष्ठान आदेशले स्थानीय तहका पदाधिकारीहरूलाई प्रशिक्षण दिने व्यवस्था गरेको छ । आदेशको अध्यक्षमा मुख्यमन्त्री रहेको प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार तथा विकास मन्त्री बैजनाथ चौधरीले जानकारी दिनुभयो ।

त्यस्तै सरकारले वितरण गर्ने पदक सिफारिस समितिमा सदस्य मनोनित गरिएको छ । समितिको सदस्यमा देवराज भार (बाँके), चन्द्रबहादुर बुढा (रोल्पा) र नारायणी शर्मा पाल्पालाई मनोनित गरिएको हो ।

प्रदेश नम्बर पाँच पदक ऐन २०७६ लाई संशोधन गर्न बनेको विधयेक प्रदेश सभामा पेश गर्न स्वीकृत प्रदान गरिएको छ ।

संंशोधनमा पुथा श्री शिखर पदक भन्ने संशोधन गरेर पुथा श्री पदक बनाइएको छ । पदक क, ख र ग गरी दिन प्रकारको रहेकोमा संशोधन ऐनले प्रथम, द्वितीय र तृतीय बनाइएको छ ।

समितिको अध्यक्ष आन्तरिक मामिला तथा कानुनमन्त्री रहने व्यवस्था छ । बैठकले प्रदेश सेवामा कार्यरत कर्मचारीको व्यवस्थापन सम्बन्धी कार्यविधि र प्रदेश स्वास्थ्य तालिम सञ्चालन तथा व्यवस्थापन कार्यविधि पनि स्वीकृत गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button