तपाईँ सुन्दै हुनुहुन्छः

लिखु नदिले बगाउँदा ओखलढुंगाका एक युवा बेपत्ता

ओखलढुंगा । ओखलढुंगाको रानीवनमा एक युवालाई लिखु नदिले बगाएर बेपत्ता पारेको छ । जिल्लाको चम्पादेवी गाँउपालिका १० रानीवन निगालेका ३६ बर्षिय रोहित कुमार ढुंगेललाई लिखु नदिले बगाएको हो ।

ढुंगेल बुबा र ससुरासँग गोठ सार्न जानुभएको थियो । गाई बाख्रा खोला तार्ने क्रममा ससुरालाई नदिले बगाउन खोजेपछि बचाउने क्रममा उनलाई नदिले बगाएको वडा अध्यक्ष उज्जन बुढाथोकीले जानकारी दिनुभयो । वर्षाको समय भएकाले लिखु नदिमा बाढी आएकाले उनको खोजि गर्न समस्या भईरहेको वडा अध्यक्ष बुढाथोकीको भनाई छ ।

पलापुबाट खटिएको प्रहरी टोली र स्थानियले ढुंगेलको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक मिलनसिंह बस्नेतले बताउनुभयो ।

ओखलढुंगमा वर्षेनी बाढी पहिरोमा ठुलो जनधनको क्षति हुँदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button