तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेशको भूमि सम्बन्धी समस्या समाधान आयोगको सदस्यमा देबकोटा

मकवानपुर । बागमती प्रदेशको तर्फबाट भूमि सम्बन्धी समस्या समाधान आयोगको सदस्यमा केशब प्रसाद देबकोटालाई मनोनयन गर्ने निर्णय भएको छ । मुख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षतामा बसेको बैठकले आयोग गठन आदेश २०७६ बमोजिम प्रदेशकोतर्फबाट देबकोटालाई नियुक्त गर्ने निर्णय गरेको हो ।

यसैगरी बैठकले संगठन तथा ब्यबस्थापन सर्बेक्षण उच्चस्तरीय समिति गठन गर्ने, प्रदेश सञ्चार माध्यम ब्यबस्थापन (पहिलो संसोधन) नियमावली २०७७ ,यस्तै प्रदेश दुग्ध बिकास बोर्ड (पहिलो संसोधन) विनियमावली २००७७ समेत स्विकृत गरेको गर्ने पनि निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिनुभयो । साथै बागमती प्रदेश सरकारले रेडियो तथा टेलिभिजनको दर्ता नवीकरणबापतको शुल्कमा छुट दिने तथा जरिवाना एवं थप शुल्कसमेत छुट दिने निर्णय गरेको छ ।

कोरोना कहरका कारण भएको लकडाउनले थलिएका विद्युतीय सञ्चारमाध्यमका हितका लागि राहतस्वरुप सरकारका तर्फबाट उक्त निर्णय गरिएको प्रदेशका अन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले जानकारी दिनुभयो । विद्युतीय सञ्चारमाध्यमलाई छुटदिने सङ्घीय सरकारको निर्णयानुसार नै प्रदेश सरकारले पनि निर्णय गरेको उहाँले वताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button