तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरमा उच्च सर्तकता : सैलुन, ब्यूटीपार्लर, हेल्थ क्लब र जिमखाना बन्द

मकवानपुर । तराईका छिमेकी जिल्लालगायत जिल्लाभित्र समेत कोरोना संक्रमण बढ्दै गएपछि मकवानपुरमा उच्च सर्तकता अपनाईएको छ । संक्रमण बढ्दै गएपछि सैलुन, ब्यूटीपार्लर, हेल्थ क्लब र जिमखाना बन्द गरिएको छ भने दक्षिणी सिमानाबाट प्रवेश गर्ने नाका चुरीयामाईमा कडाई गरिएको हो ।

कोरोनाको सक्रमण बढ्दै गएपछि जिल्ला कमाण्ड पोष्टले जिल्लाका सैलुन, ब्यूटीपार्लर, हेल्थ क्लब र जिमखाना बन्द गर्ने निर्णय गर्नुका साथै सिमा नाकामा कडाई गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको कमाण्ड पोष्टको बैठकले मकवानपुरमा हिजो एकै दिन ४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि थप सजकता अपनाईएको उहाँले बताउनुभयो । साथै हेटौंडाको टिसिएन रोडमा रहेको सिता भवन समेत सिल गरिएको छ । हेटौंडा–१० का २ जनामा कोरोना पुष्टि भएसँगै कन्ट्रयाक टे«सिङ कार्य नसकिएसम्म सिल गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिनुभयो ।

त्यस्तै जिल्ला भित्र सञ्चालित होटल तथा रेष्टुराहरु न्यूनतम स्वास्थ्य सुरक्षा अवलम्बन नगरी सञ्चलान गरिएमा कारबाही गर्ने तथा मापदण्ड पुरा गर्न आग्रह गर्ने निर्णय गरेको छ । त्यस्तै दक्षिणी सिमा स्थित चुरियामाई नजिकै प्रहरीको सुरुक्षा टोली राखिने तथा पास लिएर नआउने सवारी साधनलाई जिल्ला छिर्न नदिने निर्णय भएको छ ।

ढुवानीका साधनमा पनि चालक र सहचालकबाहेक अन्य यात्रुहरु ओसार पसारमा रोक लगाइएको छ भने मास्क नलगाई हिड्ने पैदल यात्रुहरुलाई एक सय जरिवाना गरिने गरिएको उहाँले बताउनुभयो । हेटौंडा बजारमा निर्णय पालना भए नभएको पनि कडाइका साथ अनुगमन गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button