तपाईँ सुन्दै हुनुहुन्छः

अड्किएको पुरुषको शव निकालियो

सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल गाउँपालिका २ बरुवाको छहरामा मृत भेटिएका एक पुरुषको शव निकालिएको छ । असार २० गते मृत भेटिएका उनको शव निकाल्न भौगोलिक विकटताले कठिन भएको थियो । आज नेपाली सेनाको सहायताले शव निकालेर आफन्तको जिम्मा लगाइएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बताउनुभयो ।

पाँचपोखरी गाउँपालिका २ बरुवाका वर्ष ५५ को कामी लामा थिङको शव खुड्कोलो खोलाको छहराको मुनि खोलाको बिचमा भेटिएको थियो । उनी साउन १९ गते घरबाट देउताको थानमा पूजा गर्न जान्छु भनी ढ्याङ्ग्रो बोकी निस्की हिँडेको तर घर फर्की नआएकोमा २० गते स्थानीय र आफन्तले खोजतलास गर्दा हात र टाउको मात्र देखिएको अवस्थामा खोलामा मृत भेटिएका थिए ।

मानेखर्कबाट प्रहरी टोली गए तापनि भौगोलिक विकटताका कारण उनको उद्धार हुन सकेको थिएन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button