तपाईँ सुन्दै हुनुहुन्छः

पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण

सुनसरी । सुनसरीमा कोरोना भाइरसको त्रासका बिचमा जोखिम मोलेर अग्रपङतीमा काम गर्ने पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको छ ।

इटहरीका सक्रिय सञ्चारकर्मीहरूलाई बुधवार स्किल क्याम्पस र गोक्यो इन्टरनेशनल स्कुलले स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको हो ।

कोरोना भाइरसका कारण गरिएको लकडाउनको अवस्थामा समेत जोखिमको समयमा जनतालाई सूचना सम्प्रेषणका लागि अग्रपंतिमा रहेर खटिने सञ्चारकर्मीहरूलाई जोखिम न्यूनीकरण होस् भन्ने उद्देश्यले सुरक्षा सामाग्री वितरण गरिएको हो ।

इटहरी क्षेत्रमा सक्रिय ३० जना सञ्चारकर्मीलाई झोला, सर्किजल मास्क, एन ९५ मास्क, स्यानिटाइजर, डायरी, कलमलगायत सञ्चारकर्मीलाई आवश्यक पर्ने सामाग्री वितरण गरिएको स्कील क्याम्पसका सिइओ पृथ्वी पराजुलीले जानकारी दिनुभयो ।

यस्तै स्कील क्याम्पसले पत्रकार महासङ्घ सुनसरीलाई पाँच लिटर स्यानिटाइजर, एन९५ मास्क एक सय थान र सर्किजल मास्क समेत हस्तान्तरण गरेको छ ।

स्कील क्याम्पसले इटहरीमा रहेर विशेष गरी होटेल म्यानेजमेन्टका कक्षाहरू सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button