तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुरमा मास्क नलगाई हिडेमा जरिवाना


भोजपुर । लकडाउन खुलेसंगै मानिसको चहलपहल बढ्न थाले पछि भोजपुरमा मास्क लगाउन अनिवार्य गरिएको छ । कसैले माक्स नलगाएको पाईएमा एक सय सम्म जरिवाना गर्न थालेको छ ।

लकडाउन खुले पनि देशभर कोरोना संक्रमण दिन प्रतिदिन बढीरहेकाले यसको नियन्त्रण तथा रोकथामका लगि जिल्ला प्रशासन कार्यालय भोजपुरले कडाई गरेको हो । सदरमुकाम तथा आसपासका बजार क्षेत्रमा कडाइका साथ मास्क लगाउन अनिवार्य गरिएको भए पनि अटेर गरेर नलगाएको पाएपछि प्रशासनले बजार क्षत्रमा छड्के अनुगमन गरेको हो । बाटोमा हिंड्ने सर्वसाधारण, सवारी चालक, व्यापारी, तथा मास्क नलगाई हिड्नेलाई रु. एक सय जरिवाना गरिएको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले जानकारी दिनुभयो । पुरीले भन्नुभयो, ‘केहि दिन अगाडी जनचेतनासंगै मास्क पनि वितरण गरेका थियौ, तर स्थानीय नागरिकहरुले त्यसको उलङ्घन गर्न थालेपछि हामीले जरिवाना स्वरुप रु. एक सय रुपमा तिराएको छौ ।’

कोभिड–१९ को रोकथाम तथा नियन्त्रणको लागि विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुरुप न्युनतम दुई मिटरको भौतिक दुरी कायम गर्न, सार्वजनिक स्थलमा हिंडडुल गर्दा मास्कको प्रयोग, ंसावुन पानीले हात धुन र सेनिटाइजरको अनिवार्य प्रयोगको गर्ने वारेमा समेत सचेत गराइएको छ । अवज्ञा गर्ने नागरिकलाई संक्रमण रोग निवारण ऐन, २०२० को दफा ३ अनुसार सय रुपैयाँ जरिवाना गरिएको सहयक प्रमुख जिल्ला अधिकारी रामप्रसाद लुईटेलले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयले गरेको यस्तो कार्यको स्थानीयले प्रशंसा गरेका छन् । मास्क सरकारको लागि नभएर आफ्नै सुरक्षाको लागि भएकाले यसको सवैले पलना गर्नुपर्ने स्थानियले बताएका छन् । प्रशासनको यस्तो कार्यले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा सहयोग पुग्ने उनीहरुको भनाइ छ ।

मास्क नलागाई हिड्ने ९८ जनालाई कारवाही गरिएको छ । यस्तै सदरमुकाम आसपासका क्षेत्रमा गस्ती परिचालन गरी आगन्तुक सर्वसाधारण र सवारी साधनमा समेत कडा निगरानी बढाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button