तपाईँ सुन्दै हुनुहुन्छः

झापामा चार लाख ७५ हजारको अबैध मोबाइल बरामद

भद्रपुर, झापा । झापा प्रहरीले चार लाख ७५ हजार मूल्य बराबरको अबैध मोबाइल सेट बरामद गरेको छ ।

सीमा नाका सिल भएको फाइदा उठाउँदै भन्सार छलेर सरसामान नेपाल भित्रिरहेको विशेष सूचनाको आधारमा प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको संयुक्त प्रहरी टोलीले उक्त मूल्य बराबरको मोबाइल फोन सेट बरामद गरेको हो ।

मेचीनगर नगरपालिका–७ को गैरीगाउँस्थित नेपाल–भारतको दशगजा क्षेत्रबाट मंगलबार प्रहरीले रेडमी कम्पनी मोडल ८ को पाँच थान र सोही कम्पनीको ८ ए को १४ थान गरी १९ थान मोबाइल सेट बरामद गरेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिनुभयो ।

बरामद मोबाइल सेट मङ्गलवार नै मेची भन्सार कार्यालयमा बुझाइसकेको प्रहरीले जनाएको छ ।

त्यसैगरी, जिल्ला प्रहरी कार्यालय झापाले दुई दिनअघि आठ लाख ५२ हजार पाँच सय रुपैयाँको रेडिमेड कपडा बरामद गरेको थियो ।

प्रहरीले झापा गाउँपालिका–१ लसुना नाकाबाट तीन लाख र मेचीनगर नगरपालिका ७ र १५ बाट पाँच लाख बढीको लत्ताकपडा बरामद गरी भन्सार दाखिला गरेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button