तपाईँ सुन्दै हुनुहुन्छः

वीरगन्जमा कोरोना भाइरस संक्रमणबाट थप १ को मृत्यु

वीरगंज। वीरगन्जमा कोरोना भाइरस संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । कोरोना संक्रमित वीरगन्ज महानगरपालिका वडा नम्बर १५ निवासी ४६ वर्षीय एक पुरुषको आज बिहान उपचारको क्रममा बहुअरी गण्डक स्थित नारायणी अस्पतालको वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको नारायणी अस्पतालका मेडीकल सुपरीटेण्डेन्ट डाक्टर मदन उपाध्यायले बताउनुभयो ।

गत साउन १८ गते पीसीआर जाँचका लागि स्वाब संकलन गरिएका ती पुरुषमा साउन १९ गते राती कोरोना संक्रमण पुष्टि भएको थियो । नेशनल मेडीकल कलेज शिक्षण अस्पतालका कर्मचारी समेत रहेका ४६ बर्षिय पुरुष मधुमेह रोगी भएको र उनमा खोकी , ज्वरोका साथै श्वासप्रश्वासमा समस्या देखिएपछि गए राति ९ बजे वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारका क्रममा आज बिहान ५ बजे उनको मृत्यु भएको उपाध्यायले बताउनुभयो ।यसअघि सोमबार राती मृत्यु भएकी पर्साको पोखरीया नगरपालिका वाडा नम्बर ९ जगतपुर निवासी एक १८ वर्षीया किशोरीमा पनि गए राति कोरोना संक्रमण पुष्टि भएको थियो । सोमबार राति घरमा लगातार बान्तागर्न लागेपछि उपचारकालागी बीरगंज स्थित नेशनल मेडीकल कलेज शिक्षण अस्पताल ल्याउने क्रममा किशोरीको बिचबाटोमै मृत्यु भएको थियो ।

मृत्युपछि हिजो किशोरीको स्वाब संकलनगरी नारायणी अस्पताल बीरगंजको पिसीआर प्रयोगशालामा गरिएको परीक्षणको क्रममा हिजोसाँझे रिपोर्ट पोजेटिभ आएको र निजको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले बताउनुभयो । ४६ बर्षिय पुरुष र १८ बर्षिया किशोरीको मृत्युसंगै साउन यता बीरगंजमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button