कुटपिटबाट घाईते शिक्षकको हेलिकप्टरबाट उद्धार
मुगु । मुगु जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिकामा स्थानीयबाट कुटपिट गरी घाईते बनाईएका शिक्षकको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
सोरु गाउँपालिका वडा नं ३ भिई गाउँ घर भई हाल कालिका आधारभुत विद्यालय लिबु्रमा कार्यरत ३४ बर्षिय शिक्षक बिस्णु राज धामीलाई स्थानीय यूवाको समूहले कुटपिट गरी घाइते बनाएका पछि उनको हेलिकप्टरबाट उद्धार गरिएको हो ।

दिउसो फुटबल खेल्दा विवाद भएको र राती पुर्णिमा मेला लागेको ठाँउमा समेत विवाद भएपछि धामीलाई रात्ति १ बजे तिर गाउँकै एक समूहले कुटपिट गरेको प्रहरीको प्रारम्भिक अनुमान छ ।
जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक भुवनेश्वर प्रसाद साहले कुटपिटमा संलग्नहरुको खोजी भइरहेको बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्