तपाईँ सुन्दै हुनुहुन्छः

लेबनानमा शक्तिशाली विस्फोट,७८ जनाको मृत्यु, ४ हजारबढी घाइते

काठमाडौं (एजेन्सी) – लेबेनानको राजधानी बेरुतमा भएको शक्तिशाली बिस्फोटनमा कम्तीमा ७८ जनाको मृत्यु भएको छ ।
बिस्फोटनमा परी ४ हजारभन्दा बढी घाइते भएको त्यहाँको स्वास्थ मन्त्रालयले जनाएको छ ।

घटनासँगै लेबेनानका प्रधानमन्त्री हसन दिआबले बुधबार राष्ट्रिय शोकको घोषणा गर्नु भएको छ ।

अधिकारीहरुले शक्तिसाली बिस्फोटक पदार्थ भण्डारण गरिएको गोदाममा बिस्फोटन भएको उल्लेख गरेका छन् ।
बिस्फोटन पछी आकासमा च्याउ आकारको धुवाँको मुस्लो देखिएको भिडियोमा देखिएको थियो ।

राष्ट्रपति मीसेल आउनले आफ्नो ट्वीटमा २७ सय ५० टन अमोनियम नाइट्रेट असुरक्षित रूपमा राखिनु नै विस्फोटको कारण बताउनुभएको छ ।

राष्ट्रपति मीसेलले विस्फोटनको कारण पत्ता लगाउनअनुसन्धान जारी रहेको बताउनुभयो । विस्फोटनपछि त्यहाँ घाइतेहरुले अस्पतालभरिएका छन् भने कैयौँ भवनहरू ध्वस्त भएका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button