एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको आईपीओमा ४.४४ गुणा बढी आवेदन
काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको आईपीओमा ४.४४ गुणा बढी आवेदन परेको छ ।
विक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार मंगलबार साँझ ५ बजेसम्ममा ३ लाख ३४ हजार २९२ जना आवेदकबाट एक अर्ब ४० करोड रूपैयाँभन्दा बढीको शेयर माग भएको हो ।
शुक्रबारदेखि बिक्रीमा ल्याइएको आइपीओमा ३ लाख ३४ हजार २९२ जना आवेदकबाट एक अर्ब ४० करोड ५३ लाख ७६० हजार रुपैयाँ बराबरको एक करोड ४० लाख ५३ हजार ७६० कित्ता शेयर खरिदको लागि आवेदन परेको हो । यो सर्वसाधारणलाई निष्काशन गरेको ३१ लाख ६० हजार १८३ कित्ताको ४.४४ गुणा बढी हुन आउछ ।
कम्पनीको शयेरमा साउन २१ गते भित्र न्यूनतम १० कित्तादेखि अधिकतम ३१ लाख ६० हजार १८० कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्