तपाईँ सुन्दै हुनुहुन्छः

‘आपसी सहकार्य र समन्वयबाटै कोरोनालाई जित्न सकिन्छ’

वीरगञ्ज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आपसी सहकार्य र समन्वयवाट मात्रै प्रदेशका ८ वटै जिल्लामा समुदाय स्तरमा फैलिएको कोरोना नियन्त्रण तथा रोकथाम गर्न सकिने बताउनु भएको छ ।

प्रदेश नम्बर २ को मुख्यमन्त्रीको सचिवालयद्वारा आज आयोजित सर्वदलीय बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रदेशका ८ वटै जिल्लामा कोभिड अस्पताल निर्माण, आईसोलेशन निर्माण तथा थप आईसोलेशनको व्यवस्था गर्नका लागि सबै राजनीतिक दल र तिन तहका सरकारबीच समन्वय हुनुपर्ने कुरामा जोड दिनुभयो ।

सर्वदलीय बैठकले कोरोना नियन्त्रणका लागि प्रदेशमा तत्काल पाँच सय सैयाको उपचार सहितको आइसोलेशन बेड थप्ने, सिमा नाकामा थप कडाई गर्ने गरेको मुख्यमन्त्री राउतले बताउनुभयो ।

उहाँले प्रदेश सरकारको तर्फबाट कोरोना नियन्त्रण तथा रोकथामका लागि प्रदेश २ का ८ जिल्लामा स्थानिय प्रहरी प्रशासन, पालिकासँग समन्वय गर्ने फोकल पर्सन तोक्ने निर्णय भएको समेत जानकारी दिनुभयो ।

सर्वदलीय बैठकमा समाजिक विकास मन्त्री नवल किसोर साह, नेकपा प्रदेश नम्बर २ का इन्चार्ज एवं संसदीय दलका नेता सत्यनारायण मण्डल, नेपाली काँग्रेस संसदीय दलका नेता राम सरोज यादव, विज्ञ समूहका सदस्य एवं पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव, प्रदेश सभा सदस्य राम अशिष यादव, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, प्रमुख सचिव अर्जुन कुमार पोखरेल, डा. राम केवल साह जीतेन्द्र कुमार यादव लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button