तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा जारी निषेधाज्ञा शनिवारसम्म लम्बियो

नेपालगञ्ज । बाँकेमा आइतबारदेखि तीन दिनका लागि जारी निषेधाज्ञा शनिबार राति १२ बजेसम्मका लागि बढाइएको छ । जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले निषेधाज्ञा शनिबार राति १२ बजेसम्म जारी रहने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो ।

समुदायमै कोरोना संक्रमण बढ्दै गएकाले निषेधाज्ञा आगामी शनिवार मध्यरातसम्म जारी राख्ने निर्णय भएको कुरुम्बाङले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button