तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा थप तीन जना डिष्चार्ज

नेपालगन्ज। बाँकेमा आज थप तीन जना कोरोना संक्रमित निको भएर डिष्चार्ज भएका छन् । यो संगै बाँकेमा कोरोना निको भएर घर फर्कनेको संख्या ३ सय ९१ पुगेको छ ।

नेपालगन्जको आदर्शनगर आइसोलेसनबाट खजुरा गाउँपालिकाको वडा नम्बर २ का ३४ र ३८ बर्षीय पुरुष तथा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल आइसोलेसनबाट खजुरा २ का ३१ वर्षीय पुरुष निको भएर डिष्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

अब आइसोलेसनमा बाँकेका ६२ जना र बहिरी जिल्लाका १० जना गरी ७२ जना छन् । बाँकेमा हालसम्म ४ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये २ जनाको मृत्युु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button