‘एक सय ५१ स्थानीय तहले बजेट विवरण पठाएनन्’
एक सय ५१ स्थानीय तहले अझै पनि पेश गरेको बजेट विवरण नपठाएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले स्थानीय तहलाई आर्थिक वर्ष २०७७–७८ को पेश गरेको बजेट विवरण पठाउन पटकपटक निर्देशन दिए पनि अझै पनि १५१ स्थानीय तहले बजेट विवरण नपठाएका हुन् ।
मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीका अनुसार अहिलेसम्म ६०२ स्थानीय तहले मात्र आफूले पेश गरेको बजेटको विवरण मन्त्रालयमा पठाएका छन् ।
बजेट विवरण पेश नगर्ने स्थानीय तहमा प्रदेश नं १ का २२, प्रदेश नं २ का ६६, वाग्मती प्रदेशका २०, गण्डकी प्रदेशका १०, प्रदेश नं ५ का ६, कर्णाली प्रदेशका ५ र सुदूरपश्चिम प्रदेशका २२ वटा रहेका छन् ।
मन्त्रालयका प्रवक्ता अधिकारीले पुनःविवरण पठाउन निर्देशन दिएको बताउनुभयो । गत असार १० गतेभित्र सबै स्थानीय तहले आव २०७७–७८ को बजेट पेश गरेका थिए ।
स्थानीय तहले पेश गरेको बजेट मन्त्रालयमा बुझाउनु पर्ने व्यवस्था रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्