मिथिलामा धुमधामका साथ घर घरमा राखी पर्व मनाईदै

जनकपुरधाम । मिथिलाञ्चल सहित तँराई मधेशका जिल्लाहरुमा आज दाजुभाई तथा दिदीबहिनीका बीचमा आपसी स्नेह र भातृत्वका साथ मनाईने राखी अर्थात रक्षाबन्धन पर्व धुमधामका साथ मनाईदैछ ।
यस दिन दिदीबहिनीले दाजूभाईको नाडीमा कलात्मक एवं रङ्गीचङ्गी राखी बाधेर पर्व मनाईने चलन रहेको छ । दाजूभाईको दीर्घ जीवन, सुख शान्ति तथा समृद्धिको कामना सहित मनाउने चलन रहेको छ ।
रक्षाबन्धनको शुभमुहुर्त सहित दिन भरि नै नखाएर दिदी बहिनीले दाजू भाईको नाडीमा कलात्मक राखी बाध्ने चलन रहेको छ । दाजू भाईले पनि हर हालतमा दिदी बहिनीको रक्षा गर्ने प्रण गर्ने गर्दछ । राखीलाई रक्षा सूत्रको रुपमा मन्त्र सहित दिदी बहिनीहरुले बाँध्ने गरेका छन् ।
कोरोनाका कारणले विगत वर्ष जस्तो चहलपहल बजारमा नदेखिईए पनि घर घरमा आफन्त तथा छरछिमेकका बीचमा विना भिडभाड रक्षा बन्धन पर्व मनाईदैछ । यसै गरि जनकपुरधामको ब्रह्माकुमारी राजयोग सेवा केन्द्रमा पनि सामाजिक दूरी कायम गरेर राखी पर्व मनाईएको छ । सिमित व्यक्तिहरु आमन्त्रण गरिएको थियो ।

आफ्नो दाजूभाई नहुने दिदीबहिनीले नातामा पर्ने दाजूभाईलाई राखी बाँध्ने चलन रहेको छ । यसै गरि आफ्नो दिदी बहिनी नहुने दाजूभाईले छर छिमेक तथा नातामा पर्ने दीदि बहिनीसंग राखी बाँध्न लगाउने चलन रहेको छ ।
दाजू भाईलाई दिदी बहिनीले राखी बाँधेपछि मिष्ठान्न खुवाउने चलन रहेको छ भने दाजू भाईले पनि आफ्नो गच्छ अनुसार उपहार तथा दान दिने चलन रहेको छ । गच्छ अनुसारको गरगहना तथा लत्ता कपडा उपहार स्वरुप दीदि बहिनीलाई दाजूभाईले प्रदान गर्ने चलन रहेको छ ।
यस पटक बजारमा निक्कै कम चहल पहल भएको छ । यस पर्वमा मिठाई पसलमा अत्यधिक कारोवार हुने गरेकोमा कोरोनाका कारणले विगत वर्ष भन्दा एक चौथाई पनि कारोवार नभएको रघुपति मिष्ठान्न भण्डारका सञ्चालक दशरथ साहले जानकारी दिनु भयो । कोरोनाका कारणले उत्पादन नै कम गरेको उहाले बताउनु भयो ।
प्रहरीले पनि भिडभाड नगर्नका लागि पहिला नै आग्रह गरेका थिए । त्यसैले कम भिडभाड देखिएको छ ।








प्रतिक्रिया राख्नुहोस्