तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगन्ज उपमहानगरपालिका शिल

नेपालगन्ज । एकै दिन ८ जनामा कोरोना देखिएपछि बाँकेको नेपालगन्ज उपमहानगरपालिका शिल गरिएको छ ।

कर्मचारी र जनप्रतिनिधिलाई कोरोना देखिएपछि नेपालगन्ज उपमहानगरपालिकाको कार्यालय शिल गरिएको हो ।

आज उपमहानगरपालिका र वडा कार्यालयका ७ जना कर्मचारी र एक जना वडाध्यक्षलाई कोरोना देखिएपछि संक्रमणको उच्च जोखिमका कारण अर्को सूचना जारी नभएसम्मका लागि कार्यालय पूर्ण शिल गरिएको प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button