तपाईँ सुन्दै हुनुहुन्छः

भारतीय मजदुरका कारण संक्रमणको जोखिम बढ्यो

रुपन्देही । चार महिनासम्म जारी लकडाउन हटाएर व्यापार व्यवसाय संचालन भएसँगै रुपन्देहीको कोरोना संक्रमणको उच्च जोखिम देखिएको छ ।

यहाँका उद्योगी व्यवसायीले भारतीय र सिमाक्षेत्रका कामदारलाई सिधै यहाँ ल्याएर काममा लगाएपछि रुपन्देही कोरोनाको उच्च जोखिममा परेको हो । यसको उदाहरण पछिल्लो समय रुपन्देहीमा देखिएका संक्रमितको विवरणले पुष्टि गरेको छ । संक्रमित बढ्न थालेपछि जिल्ला प्रशासन तथा स्थानीय तहहरुले कडाई गर्न थालेका छन् ।

बुटवल उपमहागरपालिकाले हाटबजार, सैलुन, व्युटीपार्लर, फुटपाथका पसललगायत भीडभाड हुने क्षेत्रमा व्यवसाय गर्न रोक लगाएको कार्यबाहक प्रमुख गोमादेवी आचार्यले बताउनुभयो । समुदायस्तरमा संक्रमण फैलिन नदिन सैनामैना नगरपालिकाले साँझ ८ बजेदेखि विहान ५ बजेसम्म बाहिर निस्कन रोक लगाइएको नगर प्रमुख चित्रबहादुर कार्कीले बताउनुभयो ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्तले सबै व्यवसायिक प्रतिष्ठानहरुमा विदेशी, नगर क्षेत्र बाहिरका कामदारको पीसीआर परीक्षण गरेर रिपोर्ट नेगेटिभ आएपछि मात्रै काममा लगाउन आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button