माछापोखरीमा डुबेर बालकको मृत्यु
लमजुङ । लमजुङमा माछापोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
सुन्दरबजार नगरपालिका स्थित कृषि क्याम्पस आडैमा रहेको माछापोखरीमा पौडी खेल्ने क्रममा आईतबार डुबेर सुन्दरबजार ६, बरेटारका १३ वर्षीया अविनाश बसेको ज्यान गएको प्रहरीले जनाएको छ ।
लेदोसहितको २ फिट पानी जमेको माछापोखरीमा पौडी खेल्ने क्रममा डुबेर अचेत भएका बालकको उद्धार गरी उपचारका लागि कर्मदा हस्पिटल लगिएकोमा डाक्टरले मृत घोषण गरेका थिए ।
जिल्ला सामुदायिक हस्पिटलमा पोष्टमार्टम पटि शव परिवारलाई जिम्मा लगाईको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्