सल्यानमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
सल्यान । सल्यानमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको कालिमाटी गाउँपालिका र दार्मा गाउँपालिकामा भएका घटनामा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
माछा मार्न शारदा नदिमा गएका कालीमाटी गाउँपालिका वडा नम्बर ४ भुरचौरका ९ वर्षीय निर्मल भण्डारीको सोमबार शव फेला परेको छ ।
उनको शव सोही गाउँपालिका वडा नम्बर ५ पैठक स्थित शारदा नदी किनारमा शव फेला परेको परेको प्रहरीले बताएको छ ।
साउन १६ गते माछा मार्न शारदा नदिमा गएका एक बालकको शव सोमवार भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यान प्रहरी प्रमुख, ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।
यस्तै दार्मा गाउँपालिका वडा नम्बर ४ पुकातका ५५ वर्षीय यज्ञबहादुर बि.क.को भिरबाट लडेर मृत्यु भएको छ ।
आइतबार साँझ घरदेखि पाँच सय मिटर टाढा भिरबाट लडेर उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
दिपक शर्मा

प्रतिक्रिया राख्नुहोस्