सिन्धुपाल्चोकमा दुई पहिरोमा १० को मृत्यु १ घाइते

सिन्धुपाल्चोक- मेलम्ची पहिरोमा पुरिएर हराएका ८ जनाकै शव फेला परेको छ । गए राति आएको पहिरोमा परेका ८ जनाकै शव फेला परेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरिक्षक फल बहादुर तामाङले जानकारी दिनुभयो ।
मृत्यु हुनेहरुमा ७ जना विरगञ्जका र १ जना भारतिय नागरिक रहेका छन् । विरगञ्जका बर्ष ४२का राजेन्द्र चौरासिया,३५ बर्षिय प्रदिप र्चाैरासिया,२५ बर्षिय विक्रम थिंग,२३ बर्षिय मान बहादुर रुम्बा,२० बर्षिय सिमन घ्लान, २१ बर्षिय शिव बालक धामि, १७ बर्षिय सोनाम लामा र १ जना भारतिय नागरिक राजेन्द चौधरी को मृत्युभएको प्रहरीले जनाएको छ ।
अर्का एक जना भारतिय नागरिक बारु शहको भने मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार पछि थप उपचारका लागि हेलिकप्टर मार्फत ह्याम्स अस्पताल काठमाडौं पठाइएको छ ।
बरुवामा घर पुर्दा दुई जनाको मृत्यु
अबिरल बर्षा सँगै आएको पहिरोले सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाँउपालिका २ बरुवामा पहिरोले १ घर पुर्दा २ जनाको मृत्यु भएको छ।

बरुवाको स्वास्थ्य चौकी नजिकै यज्ञ बहादुर क्षत्री बन्जरा को घर पुर्दा अन्दाजी बर्ष ४० का उनकोे र अन्दाजी बर्ष ४० का उनको श्रीमती लक्ष्मी क्षत्री बन्जराको मृत्यु भएको वडा अध्यक्ष पासाङ लामाले जानकारी दिनुभयो । गएराति गएको पहिरोले उनीहरुलाई पुरेको थियो । स्थानियले उनीहरुको शव निकालेका हुन् ।
उनीहरुका दुई छोरी, एक छोरा छन् । छोरा काठमाडौं आएका छन् । एक छोरी विदेशमा छिन् भने अर्की एक छोरी हजुरबुवाको घरमा बसेकाले सुरक्षित छन् ।
गएरातिको पहिरोले गाउँपालिकाका वडा नम्बर १, २, ३, ६, ७ र ८ मा पहिरोले ठूलो क्षति पुर्याएको अध्यक्ष लामाले बताउनुभयो । ‘कसैको आँगन छैन । कसैका चौपाया पुरिएका छन्,’ उनले भने, ‘गाउँपालिकाभरि पहिरोले क्षत विक्षत बनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्