प्रदेश १ मा २७ संक्रमित थपिए
विराटनगर । प्रदेश १ मा आज २७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १६ र सुनसरीमा ११ जनामा संक्रमण देखिएको प्रदेश न १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा ८ पुरुष, ४ महिला, कटहरीमा २, ग्रामथान र बुढीगंगामा १–१ पुरुष, सुनसरीको धरानमा ८ पुरुष, १ महिला, बराहक्षेत्र र इटहरीमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले बताउनुभयो । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ७१ पुगेको छ ।
प्रदेश १ बाट आज ७ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत ५ महिला र २ पुरुष डिस्चार्ज भएका हुन । यो सहित प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ८ सय २१ पुगेको छ ।
प्रदेश १ मा आज १ हजार ९३ जनाको कोरोना परीक्षण गरिएको छ । आज परीक्षण गरिएका मध्ये ५ महिला र २२ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्