तपाईँ सुन्दै हुनुहुन्छः

तानसेन–बुटवल सडकखण्ड एकतर्फी सञ्चालन

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन–बुटवल सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ ।

पहिरोको कारण सडक भासिदा अवरुद्ध सडकमा ठुला सवारीका साधन सञ्चालनमा रोक लगाइएको थियो भने आइतबार दिउसो ४ बजेबाटसडक मर्मत गरी एकतर्फी रुपमा ठुला सवारी साधन समेत सञ्चालनमा आएका छन् ।

पहिरो झर्ने सम्भावना भने भएकोले नागरिकको सुरक्षालाई दृष्टिगत गरी बेलुका ८ बजे देखि विहान ६ बजेसम्मको लागि अत्यावश्यक वाहेक सबै प्रकारका सवारी साधनको आवागमनमा लगाईएको रोकलाई निरन्तरता दिइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानएको छ ।

सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल तानसेन सडक खण्डको झुम्सादेखि हिउँदेखोला बीचको सडक भासिएको छ ।

निरन्तरको वर्षाले सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल तानसेन सडक खण्डका दर्जन भन्दा बढी स्थानमा पहिरोका कारण पटक पटक अवरुद्ध हुदै आएको छ । पाल्पा, गुल्मी लगायत १२ भन्दा बढी जिल्लाका नागरिकहरु यही सडक हुदै यात्रा गर्ने गर्दछन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button