वराहक्षेत्रमा ढुङ्गा पन्छाउनेक्रममा १ युवाको मृत्यु

सुनसरी । सुनसरीको वराहक्षेत्र नगरपालिका–१ चतराघाटमा ढुङ्गा पन्छाउने क्रममा १ युवाको ज्यान गएको छ ।
शनिबार बिहान जेसिबीले सडकमा खसेको ढुङ्गा पन्छाउने क्रममा ढुङ्गा खस्दा भोजपुर आमचोक गाउँपालिका–८ का २० वर्षीय राजकुमार राईको मृत्यु भएको हो ।
स्वामी नारायण एण्ड आशिर्वाद कम्पनीले सामान ल्याउने क्रममा बाटोमा गएको पहिरो पन्छाउँदा ढुङ्गा खसेको थियो । कम्पनीको १ क १७६० नम्बरको जेसिभीले सडकको पहिरोलाई पन्छाउने क्रममा ढुङ्गा खसेर राईलाई लागेको थियो । राईको घटनास्थलमै मृत्यु भएको हो ।
शनिबार भएको घटनामा अर्का उनीसँगै रहेका दाजु ३० वर्षीय शङ्कर राई र १० वर्षीय अजय राई गम्भीर घाइते बनेको इलाका प्रहरीकार्यालय महेन्द्रनगरका इन्स्पेक्टर पाण्डव राजवंशीले जानकारी दिनुभयो ।
७ जनाको समूहमा भोजपुरको आमचोक जाँदै गरेको उनीमध्ये चारजना भने थप चार जना सकुशल रहेका छन् । ३० वर्षीय महेन्द्र राई, ९ वर्षीया समीक्षा राई, २४ वर्षीय विशाल राई, ६२ वर्षीया बुद्धिमाया राई सकुशल रहेका छन् ।
मृतक राजकुमारको शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको प्रहरीले जनाएको छ । जेसिबी चालक झापा गौरीगञ्जका ३६ वर्षीय कमलबहादुर खत्रीलाई नियन्त्रणमा लिएको इन्स्पेक्टर राजवंशीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्