तपाईँ सुन्दै हुनुहुन्छः

सार्बजनिक जग्गाको संरक्षणमा समस्या

भैरहवा । राज्यको आफ्नो स्वामित्वमा रहेको जग्गाको संरक्षण गर्ने दायित्व राज्यको नै हो । तर रुपन्देहीको सुद्धोधन गाउँपालिकामा रहेको करिब १५ कठ्ठा सार्वजनिक जग्गा संरक्षणमा समस्या देखिएको छ ।

गाउँपालिकाले तारबार र पर्खाल लगाएको सार्वजनिक जग्गामा एक समुहको जत्थाले तारबार तथा पर्खाल भत्काउँदा गाउँपालिकानै पीडीत बन्न पुगेको हो ।

शुद्धोधन गाउँपालिका वडा नम्बर ५ दर्बाहा बगैँचा तथा सिमसार क्षेत्रको संरक्षणका लागि प्रदेश सरकार र पालिकाको संयुक्त लगानीबाट बन्न थालेको पर्यटकिय पार्क अराजक समूहले भत्काउँदा प्रहरी नै मुक दर्शक बनेको शुद्धोधन गाउँपालिकाका अध्यक्ष किसुन चन्द्र चौधरीले बताउनुभयो ।

‘धेरै पहिले यहाँ मसानघाट थियो अहिले यहाँ विकास भएको छ । विकास बिरोधि काम गर्न कसैलाई छुट छैन । हामी विकास गर्ने कि पुरानै स्थीतिमा छाडिदिने’ गाउँपालिकाका अध्यक्षले प्रश्न गर्दै भन्नुभयोे । ‘विकास र संरक्षण गर्नुको साटो उल्टै भत्काएर तार जाली चोर्ने काम भएको छ । त्यसको क्षतिपूर्ति सहित कारबाहीको लागि हामी संबन्धीत निकायमा माग गछौँ ।’ अध्यक्ष चौधरीले भन्नुभयो ।

साउन ७ गतेका दिन नेपाली कांग्रेसको लेटरप्याडमा शेर बहादुर काफ्लेले हस्ताक्षर गरी छठ पुजा गर्ने स्थान र मसानघाटको ब्यवस्था गर्ने भनि ज्ञापन पत्र बुझाएको गाउँपालिकाले जनाएको छ ।

साउन ८ गते गाउँपालिकाका कार्यपालिका सदस्य वडा नम्बर ५ का वडा अध्यक्ष पुन्नेराम गौतमको अध्यक्षतामा वडा नम्बर २ का वडा सदस्य कमला खड्का, वडा नम्बर ४ का वडा सदस्य हेमन थापा र वडा नम्बर ५ का वडा सदस्य चन्द्रभान चौधरी रहेको ४ सदस्यीय वार्ता टोली गठन गरि १५ गते वार्ता सुरु भएको गाउँपालिकाका अध्यक्ष किशुन चन्द्र चोधरीले बताउनुभयो ।

१६ गते शुक्रबार बिहान वार्ता भई खाना खान निस्केको समयमा विपक्षि वार्ता टोलीका संयोजक शेर बहादुर काफुले, बिपिन कुर्मी र कृष्ण चौधरीको पूर्व योजना अनुसार बिहानैदेखि स्थानिय बासिन्दाहरुलाई हुल हुज्जत गर्न प्रोत्साहित गरि उनिहरुकै निर्देशनमा निर्माणाधिन दर्बाह तोडफोड गरि पालिकाका अध्यक्षको कार्यकक्ष र वडा नम्बर ५ को वडा अध्यक्षको कार्यकक्षमा तालाबन्दी गरि गम्भीर सार्वजनिक अपराध गरेको गाउँपालिकाका अध्यक्ष किशुन चन्द्र चौधरी बताउँनुहुन्छ ।

सम्बन्धीत स्थानमा पालिकाले निर्माण गरेको पर्खाल, तारबार भत्काउनहरुलाई क्षतिको मुल्यांकन गरि क्षतिपूर्ती भराउने र यसरी गाउँपालिकाको विकास निर्माणमा अवरोध पुर्याउने शेर बहादुर काफ्ले र तीनका मतियारहरु सार्वजनिक फौजदारी अपराधमा कारबाहीका लागि सम्बन्धीत निकाय समक्ष जोडदार माग गर्दछु अध्यक्षले हस्ताक्षर गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

जिल्लाको शुद्धोधन गाउपालिका वडा नम्बर ५ दर्बाहा बगैँचा तथा सिमसार क्षेत्रको संरक्षणकोलागि गरिएको तारबार र पर्खाल भत्काउनेहरुलाई प्रहरिले सहयोग गरेको उनीहरुको आरोप छ । शुद्धोधन गाउपालिकाले मानपकडीमा बोल्दै प्रदेश सभा सदस्य तुल्सीप्रसाद चौधरीले भन्नुभयो, ‘हिजो मध्यदिनमै दर्बाहको संरचना अराजक सूुहले भत्काईरह्यो । प्रहरी निरिक्षकसहितको टोलि रमिते बनेर बस्यो । उसले कसैलाई रोकेन ।’ सासद चौधरिले शान्ति सुरक्षा कायम गर्न नसक्ने प्रहरिको के काम भन्दै प्रहरी प्रमुख र सिडिओलाई तत्काल कारबार्ही गर्न संघिय सरकारसंग माग समेत गर्नुभयो । उहाँले, ‘मैले सिडिओलाई १७ पटक फोन गरेपछि बल्ल उठाउनुभयो । सार्वजनिक सम्पति नस्ट गराउने सुचना आएको छ । प्रहरी परिचालन गरेर रोकाउनु पर्याे भनियो । जिल्लाको प्रहरी प्रमुख, यो क्षेत्र हेर्ने छपिया ईप्रकालाई खबर गरियो । प्रहरी आयो तर उनिहरु रमिते बनेर बसें । लाखौको संरचना सबै ध्वस्त बनाईए । प्रहरी चुईक्क बोलेन ।’

पत्रकार सम्मेलनमा पालिका अध्यक्ष किशुसन चौधरिले सार्वजिनक सम्पतिको संरक्षणमा सुरक्षा दिन नसक्ने प्रहरिको कामै नभएको भन्दै तत्काल तिनका हाकिमलाई कारबाहि गर्नुपर्ने बताए । उनले भने, ‘जसले सार्वजनिक सम्पति तोडफोड गरेको हेरेर बस्छन, तिनले भोलि मान्छे मरिरहदा पनि यस्तै रमिते हुने डर सृजना भएको छ । म त भन्छु , यस्ता प्रहरी कर्मचारि हामिलाई चाहिदैन जसले आफ्नो कर्तव्य बिसिएर विध्वंसात्मक गतिबिधिलाई प्रशय दिन्छन् ।’

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अनन्तपाणी मरासिनीले प्रहरीले चाहेको भए त्यो घटना नहुने वातावरण रहेको बताउनुहुन्छ । ‘अराजक समूहले तोडफोड गर्दा प्रहरीले रोकेन,जसले गर्दा उनीहरु उत्साहित भएर झनै जथाभाबि तोडफोड गरे’। मरासिनीले बताउनुभयो ।
मानपकडीको दर्बाहमा गाउपालिकाले दर्बाह मन्दिर र सोको वरिपरीको खाली जमिन समेटेर दर्वाह उद्यान बनाएको छ । उक्त उद्यानकोलागि पालिकाले गुरुयोजना नै बनाएर स्थानीयको सहमतिमा काम गरिरहेको छ ।

शुद्धोधन गाउपालिकाको पहिलो गाउसभाले ४० लाख बिनियोजन गरेर उक्त स्थलमा उद्यान बनाउन शुरु गरेको थियो । त्यसपछि आ.व. ०७४र०७५ मा शुरु भएको गुरुयोजना ०७५र०७६ मा पनि ४० लाख बजेट बिनियोजन भई नदी तटबन्ध भईसकेको छ । गत आ.व. मा प्रदेश सरकार पर्यटन मन्त्रालयको ३० लाख , अनि गाउपालिकाको ५० लाख र प्रदेश सरकारको समनिकरण बजेटबाट ५० लाखसहित १ करोड ३० को लागतमा काम भईरहेको छ ।

दर्बाह मन्दिरको ऐतिहासिकतासहित संकृति झल्किनेगरि उद्यान निर्माण गर्ने र जोडिएको नदीमा डुंगा चलाउने समेत तयारीसहित काम भईरहेको छ ।

उक्त सार्वजनिक जग्गामा शुक्रबार दिउसो स्थानीय बिरेन्द्र माध्यामिक विद्यालयका प्रधानाध्यापक कृष्ण चौधरि र स्थानिय शेर बहादुर काफ्ले , विपिन कुर्मीको नेतृत्वमा तार जाली, पर्खाल तोडफोड गरिएको पालिकाले आरोप लगाएको छ ।

ईलाका प्रहरी कार्यालय छपियाका प्रहरी निरिक्षक रबिन्द्र खड्काले मान्छेहरुको भिड ठुलो संख्यामा हुँदा थोरै संख्यामा रहेको प्रहरिले नियन्त्रण गर्न नसकेको बताउनुभयो । ‘हामीले रोक्ने कोशिस गरेका थियौँ सकेनौं’ उहाँले बताउनुभयो ।

नेपाली कांग्रेस शुद्धोधन गाउँपालिकाका सभापति तथा वार्ता टोलीका संयोजक शेर बहादुर काफ्लेलाई सम्पर्क गर्न खोज्दा उहाँको फोन उठेन ।
बिरेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा वार्ता टोलीका सदस्य कृष्ण चौधरीले आफ्नो समूहले पर्खाल भत्काउने काम नगरेको बताउनुभयो । ‘हाम्रो माग बगौंचा बचाऔँ अनि मसान घाट पनि बाँचोस् भन्ने हाम्रो तर्क हो ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button