चितुवाको आक्रमणबाट तनहुँमा १० वर्षीया बालिका घाइते

तनहुँ । तनहुँमा चितुवाको आक्रमणबाट एक जना बालिका घाईते भएकी छिन् । जिल्लाको आबुखैरेनी–१ समस्तिपुरमा चितुवाको आक्रमणमा परि १० वर्षीया अमिशा थापा घाइते भएकी हुन् ।
घाइते बालिकाको घाँटी र पेटमा चोट लागेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले बताउनुभयो । घाईते बालिकाको उपचार चितवनको भरतपुर स्थित अस्पतालमा प्रमुख भईरहेको बरालले जानकारी दिनुभयो ।
शनिबार साँझ ९ बजेको समयमा खाना खान आगनमा निस्कदा चितुवाले बालिकालाई आक्रमण गरेको सब डिभिजन बन कार्यालय बिमलनगरका सुरेश कुमार भुजेलले जानकारी दिनुभयो ।‘आगनमै आक्रमण गरेको रैछ ।’ भुजेलले भन्नुभयो ‘घर नजिक बाख्राको खोर र झाडी रहेछ ।’
आबुखैरेनी बजार घर भैइ हाल मामा घर बसेर चन्द्रोदय माविमा कक्षा ३ उत्तीर्ण भएर ४ मा गएकी थापा घाईते चितुवाको आक्रमणमा परी घाइते भएकी हुन् ।
केही समय रोकिएको मानिसमाथि चितुवाको आक्रमण फेरि सुरु भएको छ ।
विसं २०७४ फागुनयता चितुवाको आक्रमणबाट नौ बालबालिकाले ज्यान गुमाएका छन् । पछिल्लोपटक गत वैशाख २५ गते भानु नगरपालिका–४ चुँदीमा चितुवाको आक्रमणबाट स्थानीय ३६ वर्षीय रामबहादुर कुमाल घाइते हुनुभएको थियो । त्यसयता चितुवाको आक्रमण रोकिएकामा पुनः चितुवाको आक्रमणबाट शुरु भएपछि स्थानीयवासी त्रसित छन् ।






प्रतिक्रिया राख्नुहोस्