पहिरोमा परी एकै परिवारमा ४ सहित ५ जनाको मृत्यु

काठमाडौं । गुल्मीको रुरु क्षेत्र गाउँपालिका–५ आटीपाटाबोटे गाउँमा गएराति वर्षासँगैको पहिरोले घर भत्काउँदा एकै परिवारका ४ जनाको च्यापिएर मृत्यु भएको छ ।
राजु बोटेमाझीको घरमाथिबाट पहिरो खस्दा ३० वर्षीय बिना बोटेमाझी, उनकै छोराहरू ९ वर्षीय सागर बोटेमाझी, ७ वर्षीय हेमन्त बोटे माझी र छोरी १० महिनाकी बिनिता बोटे माझीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी सुनसरीको बराहक्षेत्र नगरपालिका–१ मा आज बिहान खसेको पहिरोमा परी भोजपुर आमचोक गाउँपालिका घर भएका २० वर्षीय राजकुमार राईको मृत्यु भएको छ भने अन्य दुुई जना घाइते भएका छन् ।
उदयपुर मैनामैनीबाट चतरा पुल हुँदै भोजपुर जाने क्रममा अचानक आएको पहिरोमा परी उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घाइते भएका २ जनालाई उपचारको लागि धरान घोपातर्फ लगिएको छ ।








प्रतिक्रिया राख्नुहोस्