सिडियो र डिएसपीले बाँडे बजारमा हिडनेलाई मास्क

मुगु । सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि गत चैत ११ बाट गर्दै आएको बन्दाबन्दी हालै अन्त्य गरेको घोषणा गरेपनि कोरोना संक्रमण यथावत रहेको र सर्वसाधारणहरु कोरोना रोग निर्मुल भए झै जमघट हुने, भेला हुने, सार्वजनिक कार्यक्रम गर्ने र विना मास्क हिडडुल गर्न थालेपछि मुगुका प्रमुख जिल्ला अधिकारी सहितको टोलीले आज बजारमा मास्क वितरण गरेको छ ।
बजारमा दिनानुदिन भिडभाड बढदै गएको र चहलपहल क्रमश बढदै जादा कोरोना संक्रमण समुदायसम्म फैलने सम्भावना भएकाले घरबाट बाहिर निस्कदा मान्छेहरुसंग सम्पर्क भएर कोहि कसैलाई कोेरोना भए अर्को व्यक्ति तथा समुदायमा फैलने सम्भावना भएकाले मास्कको अनिवार्य प्रयोगका लागी जनचेतना दिने उदेश्यले नेपाल रेडक्रस सोसाईटी मुगुका सभापती जय बहादुर मल्ल, युएमएन मुगु कलष्टरका व्यवस्थापक नेत्र बहादुर शाही, प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौला र प्रहरी नायव उपरिक्षक भुवनेश्वर प्रसाद साहको नेतृत्वमा शुक्रबार बजारमा विना मास्क हिडडुल गर्ने व्यक्तिहरुलाई मास्क वितरण गरिएको हो ।
सरकारले लगाउदै आएकोे लकडाउन पो अन्य गरिएको हो तर जनमानसमा कोरोना अन्त्य भएको झै भान भएर मास्क नलगाई हिडडुल गर्ने, भेला जमघट हुने, सामाजिक दुरी पालना नगर्ने र पर्व परम्पराहरु निर्वाह संचालन गर्ने जस्ता कार्य बढ्न थालेकाले यस्ता कार्य नियन्त्रण गरि कोरोना नियन्त्रण गर्न सहयोग पु¥याउन सर्वसाधारणहरुमा सचेतना आओस भनेर बजारमा रेडक्रस, युएमएन, डिएसपी र आफनो सल्लाहमा मास्क वितरण गरेको प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाले बताउनु भयो ।
बजारमा मास्क नलगाई हिड्ने ३ सय जना जतिलाई आज मास्क वितरण गरेको र उहाँहरुलाई नियमित मास्क लगाउन भिडभाड नगर्न आग्रह गदै सल्लाह दिएको प्रहरी नायव उपरिक्षक भुवनेश्वर प्रसाद साहले बताउनु भयो ।
प्रमुख व्यक्तिहरुको सहभागितामा गरिएको मास्क वितरण कार्यक्रममा नेपाल प्रहरी, रेडक्रस र युएमएनले कोरोना संक्रमणबाट बच्ने उपाय, कोरोनाका लक्षण र उपचार बारे ज्ञान दिने पर्चा समेत वितरण गरिएको को पर्चा पढन नसक्नेहरुका लागी माईकिङ्ग समेत गरिएको रेडक्रस मुगु शाखाका सभापती जय बहादुर मल्लले बताउनु भयो ।
पहिलो चरणमा मास्क, पर्चा वितरण माईकिङ्ग गर्ने कार्य गरेर कोरोना संक्रमण नियन्त्रणका लागी सचेतना दिने काम भएको र भोलीका दिनमा कोरोना नियन्त्रणका लागी सरकारले गर्न नहुने भनेका कार्य गर्ने जो कोहीलाई नियन्त्रणमा लिई कारवाहीको भागीदार बनाउने स्थानिय प्रहरी प्रशासनले बताएको छ ।
मुगुमा हालसम्म २ जनालाई कोरोना संक्रमण देखिएकोमा एक जना कोरोनालाई जितेर घर फर्किसकेका छन भर्ने अर्का एक आईसोलेसनमा बसेका छन । कोरोना संक्रमण देखिएका दुबैमा कोरोनाको कुनै लक्षण देखिएको थिएन उनीहरु सामान्य अवस्थामा रहेका थिए ।
मुगु जिल्लामा २ जना र जिल्ला बाहिर सुर्खेतमा गरिएको स्वाव परिक्षणमा ६ जना मुगालीहरुमा कोरोना संक्रमण देखिएकोमा ४ जना डिस्चार्ज भैसकेका छन ।








प्रतिक्रिया राख्नुहोस्