तपाईँ सुन्दै हुनुहुन्छः

सुकुम्वासीको समस्या छिट्टै समाधान : अध्यक्ष ज्ञवाली

रुपन्देही । सुकुम्वासी समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले सुकुम्वासी र अव्यवस्थित बसोबासको समस्या छिट्टै समाधान गर्ने बताउनुभएको छ ।

रुपन्देहीको देव दहमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ज्ञवालीले सुकुम्वासीलाई निःशुल्क र अव्यवस्थित बसोबासलाई शुल्क लिएर लालपुर्जा प्रदान गर्ने बताउनुभएको हो ।

आधुनिक प्रविधिको प्रयोग गरेर जग्गाको नाँपचाज गर्ने र स्थानीय तहले वास्तविक सुकुम्वासी र अव्यवस्थित बसोवासी भएको प्रमाणित गरेपछि मात्र आयोगले प्रक्रिया अगाडि बढाउने उहाँको भनाइ थियो ।

नेपालमा सुकुम्वासी र अव्यवस्थित बसोबासको समस्या समाधान गर्न निकै चुनौती रहेको भन्दै ज्ञवालीले आयोगले त्यसलाई अवसरमा रूपमा लिएर काम गर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button