तपाईँ सुन्दै हुनुहुन्छः

प्राकृतिक विपद्बाट जोगिन सल्यानमा उच्च सतर्कता

सल्यान । सल्यानमा प्राकृतिक विपद्बाट जोगिन उच्च सतर्कता अपनाइएको छ । प्राकृतिक विपद्बाट हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्न जिल्लाका सुरक्षा निकायलाई हाई अटलमा राखिएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।

विपद्बाट हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तयारी अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताउनुभयो । लक्षित समुदाय स्थानीय तहमा रहेकाले स्थानीय विपद् व्यवस्थापन समितिलाई पनि सतर्कता अपनाउन परिपत्र भइसकेको उहाँको भनाई छ ।

जेठ महिनामै विपद् व्यवस्थापनको वैठ्क बसी विपद् आवश्यक पर्ने सामाग्री, राहत, उद्धारक लागि जनशक्ति तयारी अवस्थामा राखेका छौँ, उहाँले भन्नुभयो ।

विपद् प्रतिकार्यका लागि तीन कलस्टरमा विभाजन गरी कार्य अघि बढिरहेको प्रजिअ पोखरेलको भनाई छ । रेडक्रस, खानेपानी कार्यालयको एउटा कलस्टर जसले जिन्सी सामाग्री (खाद्यान्न, लत्ता कपडा, र स्वच्छ खानेपानीको व्यवस्था गर्ने छ ।

यस्तै दोस्रो कलस्टर हुलाक र दूरसञ्चार कार्यालय रहेका छन् जसले सम्पर्क र समन्वयको कार्य गर्नेछन् भने तेस्रो कलस्टर भनेको उद्दारको रहेको छ जसमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी रहेका छन् ।

सबैको जिम्मेवारी निर्धारण गरिएकाले कुनै विपद् आइपरे राहत उद्दारमा कुनै समस्या नहुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, विपद् आइहालेमा तत्काल उद्धार र व्यवस्थापनका लागि हामी पूर्ण तयारीमा अवस्थामा छौँ । जिल्लामा बाढी पहिरो आउन सक्ने सम्भावित क्षेत्रको पहिचान गरिएको र उक्त स्थानमा स्थानीय तहसँग समन्वय गरी उच्च सतर्कता अपनाइएको उहाँको भनाई छ ।

जिल्ला प्रशासन कार्यालय सल्यानका अनुसार आर्थिक वर्ष २०७५/०७६ र १३, आर्थिक वर्ष २०७६/०७७ मा पाँच जनाको बाढी पहिरो, आगलागी, चट्याङबाट मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button