रोल्पाको रुम्टीगढीमा ढुङ्गाले लागेर एक जनाको मृत्यु
तुलसीपुर । रोल्पाको रुम्टीगढीमा ढुङ्गाले लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुम्टीगढी गाउँपालिका–८ कुर्जा निवासी २६ वर्षका प्रेम पुन रहेको इलाका प्रहरी कार्यालय होलेरीका प्रमुख तथा प्रहरी निरीक्षक मेघनाथ चापागाँइले जानकारी दिनुभयो ।
खानेपानीको पाइपलाइन बनाउने क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर गम्भीर घाइते भएका पुनको बिहीबार दिउँसो घरमै मृत्यु भएको प्रहरी निरीक्षक चापागाँइले बताउनुभयो ।
‘घरमा पानी धमिलो आएछ,’ प्रहरी निरीक्षक चापागाँइले भन्नुभयो –‘ घरदेखि माथि खोँचमा पाइपलाइन बनाउने क्रममा माथिबाट ढुङ्गा खसेर लागेछ । ’ घाइते पुनलाई घरमा लगेर प्राथमिक उपचारपछि जिल्ला बाहिर लग्ने तयारी गर्दै गर्दा मृत्यु भएको प्रहरीले बताएको छ ।
पोस्टमार्टमका लागि मृतकको शवलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याउन लागिएको छ ।








प्रतिक्रिया राख्नुहोस्