गण्डकी प्रदेशमा छ जनामा कोरोना सङ्क्रमण पुष्टि

पर्वत । गण्डकी प्रदेशमा आज थप छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले कास्की, म्याग्दी र तनहुँमा कोरोना सङ्क्रमित थप भएको जानकारी दिएको हो ।
स्वास्थ्य निर्देशक डा.बिनोदबिन्दु शर्माका अनुसार कास्कीको पोखरा महानगरपालिकामा दुई जना पुरुष र रुपा गाउँपालिकामा एक जना महिलामा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
यस्तै म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मङ्गला गाउँपालिकाका एक/ एक जना पुरुष र तनहुँको व्यास नगरपालिकाका एक जना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
स्वास्थ्य निर्देशनालयका अनुसार आजसम्म सङ्क्रमित हुनेको सङ्ख्या एक हजार चार सय ८५ पुगेको छ ।









प्रतिक्रिया राख्नुहोस्