तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय वाणिज्य बैंकले सस्तो ब्याजदर घोषणा गर्दै

काठमाडौं– कोरोनाको महामारीका कारण निम्तिएको आर्थिक संकटलाई मध्यनजर गर्दै राष्ट्रिय वाणिज्य बैंकले आगमी हप्ताबाटै हालसम्मकै सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराउने भएको छ । २६ वटा निजी व्यापारिक बराबर राष्ट्रिय वाणिज्य बैंकले एक्लै सहुलियत कर्जा उपलब्ध गराउँदै आएको छ ।

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले अहिलेसम्मकै सस्तो ब्याजदरमा कर्जाहरु उपलब्ध गराउने भएको छ । राष्ट्रिय वाणिज्य बैंकले आगामी हप्ताबाटै बजारमै सबैभन्दा सस्तो ब्याजदरको घर कर्जा योजना लागू गर्न लागेको छ । बैंकले ७ दशमलब २५ प्रतिशत वार्षिक व्याज दरमा घर कर्जा उपलब्ध गराउन लागेको हो । यसै गरी राष्ट्रिय वाणिज्य बैंकले अन्य २६ वटा कमर्सियल बैंक बराबर एक्लै सहुलियत कर्जाको उपलब्ध गराउँदै आएको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले जानकारी दिनुभयो ।

कुल कर्जाको १ प्रतिशत सहुलियत कर्जा दिने पनि वाणिज्य बैंकको योजना छ । कोरोना भाइरसको महामारीका कारण छाएको आर्थिक मन्दीलाई मध्यनजर गर्दै बैंकले सबै कर्जाको व्याजदर घटाएको छ । हालको अधिकतम ब्याजदर नै ९ दशमलब ३२ प्रतिशत रहेको छ । यसै गरी बैंकले सार्वजनिक संस्था तथा कर्पोरेट निकायहरुलाई लक्षित गरी ती संस्थासँग समझदारी गरेर कर्मचारीहरुलाई पेसागत कर्जा उपलब्ध गराउन लागेको हो । बिना धितोको पेसागत कर्जाको वार्षिक ब्याजदर ८ दशमलब ०७ प्रतिशत मात्रै रहने जानकारी दिइयो । यसै गरी वाणिज्य बैंकले अवकाश प्राप्त कर्मचारीका लागि पनि सहुलियत दरको कर्जा उपलब्ध गराउने योजना अगाडि बढाएको छ ।

राष्ट्रिय वाणिज्य बैंकमा खुल्ला प्रतिस्पर्धाबाट छानिएर आएका युवा र दक्ष जनशक्ति रहेकाले सरकारी बैंकमा ढिला सुस्ती हुन्छ भन्ने पुरानो मानसितालाई अन्त्य गर्ने मुख्य लक्ष्य रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button