क्रियाशील नरहेको भन्दै १९ सदस्यको सदस्यता नवीकरण नगर्ने निर्णय
सिन्धुपाल्चोक । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा सिन्धुपाल्चोकले पत्रकारितामा क्रियाशील नरहेको भन्दै १९ सदस्यको सदस्यता नवीकरण नगर्ने निर्णय गरेको छ । पत्रकारितामा क्रियाशील नरहेका तथा अन्य पेसा व्यवसायमा रहेका १९ जनाको सदस्यता नवीकरण नगर्ने निर्णय गरिएको पत्रकार महासङ्घ जिल्ला शाखाले जनाएको छ ।
नेपाल पत्रकार महासङ्घको सदस्यता लिए पनि लामो समयदेखि पत्रकारितामा क्रियाशील नरहेर अन्य पेसालाई मूल पेसा बनाएका सदस्यहरूको सदस्यता नवीकरण नगर्ने निर्णय गरिएको पत्रकार महासङ्घ जिल्ला शाखाका सचिव दिनेश थापाले जानकारी दिनुभयो । सचिव थापाका अनुसार राजेन्द्र आचार्य, भरत चौलागाई, रामप्रसाद न्यौपाने, विनोद केसी, मुरारी प्रसाद तिवारी, तारानाथ नेपाल, विनोद थापा, अनिरुद्र न्यौपाने, विदुर भारती, सुमित काफ्ले, जनक पाठक, मिना दुलाल, मिना गुरुङ, बाजुराम थापा, दिपेन्द्र श्रेष्ठ, कृपा श्रेष्ठ, भरत खडका, टंक खडका, अरुण पौडेलको सदस्यता नविकरण् नहुँदा स्वतः खारेज हुनेछ ।
महासङ्घ जिल्ला शाखाले साउन २१ भित्र सदस्यता नवीकरण गर्न शाखामा आबद्ध सदस्यहरूलाई आग्रह समेत गरेको छ । निर्धारित समय सीमाभित्र नवीकरण नगर्ने सदस्यहरूको पनि सदस्यता खारेज हुने बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्