बाख्रा चराउन गएकी महिलाको भीरबाट लडेर मृत्यु
सल्यान । सल्यानमा बाख्रा चराउन जंगल गएकी एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ ।
जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ९ गिठाचौरकी अन्दाजी २० वर्षीया ललिता बोहराको मृत्यु भएको हो ।
बुधबार साँझ बाख्रा चराउन गाउँ नजिकै रहेको गोठेभार जंगलबाट लडेर मृत्यु भएको वडा अध्यक्ष इन्द्र कुमाईले बताउनुभयो । बाख्रा चराउन गएको समयमा घाँस काट्ने क्रममा लडेको उहाँको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्