तपाईँ सुन्दै हुनुहुन्छः

रुग्ण उद्योगहरु पुनः सञ्चालनको तयारी

सरकारले देशभरका रुग्ण उद्योगहरु पुनः सञ्चालनका लागि आवश्यक तयारी अघि बढाएको छ ।

सरकारले रग्ण उद्योगहरुको हालको अवस्थाको अध्ययन गरी के कसरी सञ्चालन गर्न सकिन्छ भन्ने वारेमा अध्ययन गरी प्रतिवेदन दिन उद्योग मन्त्रालयले एक समिति गठन गरी अध्ययन अघि बढाएको छ । मन्त्रालयले रुग्ण उद्योगहरुलाई सार्वजनिक नीजि साझेदारीमा सञ्चालन गर्ने सोच अनुरुप रुग्ण उद्योगहरु सञ्चालन गर्ने तयारी अघि बढाएको हो ।

उद्योग विभागले भदौ सात गतेभित्र उद्योगहरुको नवीकरण गरिसक्न आग्रह गरेको छ । साउन ७ गतेबाट लकडाउन खुलेको र अतिरिक्त ३० दिन नवीकरणका लागि समय दिइएकोले त्यस भन्दा पनि ढिलो गरेमा जरिवाना लाग्ने विभागद्वारा जारी सूचनामा उल्लेख छ ।

विभागले सूचनामा लकडाउन साउन ७ गते खुलेको र त्यसको ३० दिनसम्म विभागसँग सम्बन्धित कार्यहरु गराइसक्नुपर्ने अन्यथा साविककै दरमा जरिवाना लाग्ने उल्लेख छ । विभागको सूचनापछि उद्योग नवीकरण, पेटेन्ट, डिजाइन र ट्रेडमार्क दर्ता नवीकरण भदौ ७ गतेभित्र गरिसक्नु पर्ने भएको छ ।

यस्तै आफ्नो व्यावसायिक उत्पादन वा कारोबार प्रारम्भ गर्ने म्याद थपका लागि निवेदन दिने समय पनि भदौ पहिलो सातासम्मको लागि मात्रै थप गरिएको छ ।

तर यो सबै नवीकरण गर्ने कार्यमा विदेशी लगानीकर्ताले भने थप १ महिनाको समय पाउनेछन् । उपत्यका बाहिर सञ्चालन हुने उद्योगले पनि सबै कार्यका लागि थप १ महिनाको समय पाउने भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button