प्रतिनिधिसभाका नवनियुक्त सदस्य लीला देवी सिटौलाद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले जनता समाजवादी पार्टीका तर्फबाट प्रतिनिधि सभामा समानुपातिक तर्फका नव नियुक्त माननीय सदस्य लीला देवी सिटौलालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भयो ।
सिंहदरबारमा आज आयोजित सो समारोहमा पूर्व प्रधानमन्त्री तथा विभिन्न दलका नेताहरूको उपस्थिति रहेको थियो ।
समाजवादी पाटीले सरिता गिरीलाई निष्कासन गरे पछि रिक्त स्थानमा नव नियुक्त माननीय सदस्य लीला देवी सिटौलालाई नियुक्त गर्न सिफारिस गरेको थियो ।










प्रतिक्रिया राख्नुहोस्