तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीको बाढी प्रभावित क्षेत्रमा तीन वटै सुरक्षा निकायको उद्धार टोली परिचालन

धनगढी ।  कैलालीमा बाढी र डुबान प्रभावित क्षेत्रमा तीन वटै सुरक्षा निकायको उद्धार टोली परिचालन गरिएको छ ।

अविरल वर्षासँगै आएको बाढीले जिल्लाको दक्षिणी पूर्वी क्षेत्रका अधिकांश बस्ती डुबानमा पारेको स्थानीय प्रशासनले जनाएको छ ।

कर्णाली, मोहना, काडा, पथरैया, कान्द्रा लगायतका नदीको बाढीको सतह बढेर बस्तीमा पसेको बताइएको छ । बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको उद्धार टोली परिचालन गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताउनुभयो ।

उहाँले जिल्लाको दक्षिणी क्षेत्र भजनी नगरपालिका, जोशीपुर गाउँपालिका लगायतका ठाउँमा डुबानको बढी समस्या देखिएको र त्यस क्षेत्रबाट १ सय ५० घरपरिवारलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button