तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकीमा थप ५ जनामा कोरोना पुष्टी, संक्रमितको संख्या १४३५ पुग्यो

तनहुँ । गण्डकी प्रदेशमा पछिल्लो अद्यावाधिक विवरण अनुसार थप ५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार प्रदेशका चार जिल्लामा थप ५ नयाँ संक्रमित भेटिएका हुन् ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा स्याङ्गजा पुतलीबजार नगरपालिकाका ३६ बर्षीय पुरुष, बाग्लुङ काठेखोला गाउँपालिकाका २३ बर्षीय पुरुष, तनहुँ भिमाद नगरपालिकाका ३७ बर्षीय पुरुष सहित म्याग्दी मालिका गाउँपालिकाका ३४ बर्षीय पुरुष र अन्नपूर्ण गाउँपालिकाका ३५ बर्षीय पुरुषमा कोरोना पोजेटिभ भेटिएको निर्देशनालयका प्रमुख विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ । योसंगै गण्डकीमा कोरोना संक्रमितको संख्या १४३५ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button