भारतीय कामदार ल्याउँदा स्वीकृत लिन महांसंघको आग्रह
रुपन्देही । रुपन्देहीका विभिन्न स्थानमा कामका लागि आएका भारतीय मजदुरमा कोरोना संक्रमण भेटिएपछि विदेशी मजदुर ल्याउँदा अनिवार्यरुपमा प्रशासनको स्वीकृति लिन बुटवल उद्योग वाणिज्य संघले आग्रह गरेको छ ।
भारतमा कोरोना संक्रमण दिनहुँ बढ्दै गएको र खुला सिमानाका कारण मजदुर आइरहेकाले नेपाली उद्योग प्रतिष्ठानमा काम गर्ने कामदार ल्याउँदा अनिवार्य क्वारेनटाइनमा राख्न संघले सबै व्यवसायीलाई आग्रह गरेको छ ।
सरकारले संक्रमण रोक्नका लागि अपनाएका सबै विधि प्रयोग गरेर आफ्नो उद्योग व्यवसाय संचालन गर्न संघले व्यवसायीलाई अनुरोध गरेको अध्यक्ष खिमबहादुर हमालद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्