तपाईँ सुन्दै हुनुहुन्छः

विराटनगर भन्सारबाट २८ अर्ब बढी राजश्व संकलन

विराटनगर । एकीकृत भन्सार जाँचचौकी रानी विराटनगरले आर्थिक वर्ष २०७६–७७ मा कूल २८ अर्ब ३६ करोड ३४ लाख २९ हजार राजश्व सङ्कलन गरेको छ ।

सो अवधिमा कार्यालयले कूल ४९ अर्ब ६४ करोड ६० लाख ४६ हजार राजश्व सङ्कलन गर्ने लक्ष्यमा २१ अर्ब २८ करोड २६ लाख १७ हजारले कम अर्थात ५७ दशमलव १३ प्रतिशत मात्र लक्ष्यमा प्रगति हासिल गरको छ ।

कार्यालयबाट प्राप्त जानकारी अनुसार आर्थिक वर्ष २०७५–७६ मा कूल रु ४२ अर्ब ५३ करोड १९ लाख १८ हजार राजश्व सङ्कलन गर्ने लक्ष्यमा ३८ अर्ब २८ करोड ९४ लाख ८८ हजार मात्र राजश्व सङ्कलन गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button