सुदूरपश्चिमका ९ क्याम्पस नमुनाका लागि छनौट
कञ्चनपुर । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले सुदूरपश्चिमका ९ वटा क्याम्पसहरुलाई नमुना क्याम्पसका लागि छनौट गरेको छ ।
सामाजिक विकास मन्त्रालय अन्तर्गतको उच्च शिक्षा महाशाखाले मंगलबार नमुना क्याम्पसका लागि छनौट भएका क्याम्पसहरुको सूची प्रकाशन गरेको छ । मन्त्रालयको गत वर्ष पुस ४ गतेको सूचना अनुसार नमुना क्याम्पसमा स्तरोन्नतिका लागि मन्त्रालयमा प्रस्ताव पेश गर्ने जम्मा ४३ वटा क्याम्पसहरु मध्ये गत असार ३० गतेको मन्त्रीस्तरीय निर्णयबाट प्रदेशका नौ वटै जिल्लाका एकएक गरी ९ वटा क्याम्पसहरुलाई नमुना क्याम्पसमा स्तरोन्नति गरिएको महाशाखाका शाखा अधिकृत जयदेव महराले जानकारी दिनुभएको छ ।
नमुना क्याम्पसमा स्तरोन्नतिका लागि छनौट भएका क्याम्पसहरुमा महाकाली बहुमुखी क्याम्पस बेलौरी कञ्चनपुर, घोडाघोडी बहुमुखी क्याम्पस सुख्खड कैलाली, अछाम बहुमुखी क्याम्पस मंगलसेन अछाम, त्रिवेणी बहुमुखी क्याम्पस जोगबुडा डडेल्धुरा, केदार ज्योतीकुञ्ज बहुमुखी क्याम्पस विपिनगर डोटी, दार्चुला बहुमुखी क्याम्पस महाकाली दार्चुला, सुनकुडा बहुमुखी क्याम्पस बित्थडचिर बझाङ, बाजुरा बहुमुखी क्याम्पस मार्तडी बाजुरा र जगन्नाथ बहुमुखी क्याम्पस बैतडी रहेका छन् । छनौट भएका क्याम्पसहरुलाई नमुना क्याम्पसमा स्तरोन्नतिका लागि सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक सहयोग गर्नेछ ।








प्रतिक्रिया राख्नुहोस्